समुदायमा सुरक्षा साइरन

समुदायमा सुरक्षा साइरनलगभग १० देखि ४० घरधुरी मिलेर सुरक्षा साइरन राख्न सकिन्छ। त्यति महँगो छैन। २५ घरधुरी रहेको टोलका लागि ५० हजार रुपैयाँसम्म पर्छ। प्रतिघर २ हजार भए पुग्छ। साइरनको सहयोगले चोरी, अपहरण, लुटपाट र विभिन्न आपतविपतका बेला छिमेक वा सुरक्षा निकायबाट चाँडै सहयोग पाइने यसका आविस्कारक राम/लक्ष्मणप्रसाद रिमालले बताए।
राति होस् या दिउँसो चोरले घरमा ढोका खोलेको थाहा पाउनेबित्तिकै घरवालाले टोलमा साइरन बजाएर सहयोग लिन सक्छन्। 'आफूलाई चोर हो भन्ने शंका लागे घरधनीले दिएको सुरक्षा कोड थिचेपछि टोलमा साइरन बज्छ र प्रहरी कन्ट्रोल रुममा खबर पुग्छ। अनि छरछिमेक र प्रहरीले तत्काल थाहा पाउँछन्,' रामले सुनाए, 'उद्धार गर्न प्रहरी र छिमेकी तत्काल आउँछन्।' साइरनसँगै सिट्ठी र लाठी दिइन्छ।
उनीहरूले १ सय ४९ देशबाट यसको प्याटेन्ट लिइसकेका छन्। 'हामीले बनाएको सुरक्षा व्यवस्था विश्वमै पहिलो हो,' रामले भने, 'यसलाई १ सय ४९ राष्ट्रले मान्यता दिइसकेका छन्।'
रिमाल यसलाई नेपालभरि विस्तार गर्ने योजनामा छन्। अहिले काठमाडौं उपत्यका र बनेपामा मात्रै यो प्रविधि छ। बजार व्यवस्थापनको जिम्मा टेक्नोलोजी सेल्स प्रालिले लिएको छ।
टोलमा विपत परेको बेला तत्कालै प्रहरीले खबर पाउन् भनेर उनीहरूले प्रहरी कन्ट्रोल रुममा सेन्ट्रल कन्ट्रोल डिभाइस राखेका छन्। कुनै टोलमा विपत परेर दुईचोटि साइरन बजाएपछि प्रहरीकहाँ पनि खबर पुग्छ।
लगभग ४ वर्षको अध्ययनपछि यस्तो उपकरण बनाउन सकेको यी जुम्ल्याहा दाजुभाइको भनाइ छ। यसअघि उनीहरुले घर, पसल तथा सटर सुरक्षा यन्त्र बनाइसकेका छन्। त्यसले पसल वा घरमा चोरी हुन लागेको कुरा पसल/घरधनीलाई खबरमा दिन्छ। यसका लागि पसल वा घरमा मोसन सेन्सर वा डोर कन्ट्याक्ट सेन्सर राखिन्छ। उक्त सेन्सरले १० मिटर परसम्म मानिसको चाल समात्न सक्छ.

उटपट्याङ दाजुभाइ
नुवाकोट, मदानपुरमा कक्षा ८ मा पढ्दै थिए रामलक्ष्मण। बत्ती बालेर पढ्दै गर्दा एक रात झुपुक्कै निदाएछन्। रातभर बत्ती बलेको बल्यै। भोलिपल्ट आमाबाबुले बेस्मारी झपारेछन्।
धेरै दिनपछि दाजुभाइले एउटा जुक्ति निकाले। स्विचबाट एउटा डोरी ल्याएर सिरानमुनि राख्ने अनि स्विचनेर एउटा काठ राख्ने। जसले डोरी तान्दा स्विचलाई गएर हिर्काओस् र बत्ती निभोस्। उनीहरूले त्यसलाई प्रयोगमा ल्याए। नभन्दै यो सफल भयो।
जब उनीहरू सिरानीमा टाउको राख्थे डोरी तन्किथ्यो, स्विचमा गएर काठ लाग्थ्यो र बत्ती निभ्थ्यो। 'कुनै घटना भयो भनेपछि यो किन भयो, यसको निराकरणको उपाय के हुन्छ भनेर खोजिहाल्थ्यौं। त्यसमा सफल पनि हुन्थ्यौं,' लक्ष्मणले भने, 'आमा जहिल्यै पनि उटपट्याङ काम गरेको भनेर गाली चाहिँ गर्नुुहुन्थ्यो।'
२०५४ मा एसएलसीमा राम्रै अंक ल्याएर पास भए उनीहरू। कसैले शिक्षा पढ भने त कसैले विज्ञान, कसैले व्यवस्थापन। के पढे राम्रो हुन्छ भन्ने ज्ञान थिएन। त्यसैले गाउँको जान्ने सुन्ने एकजना अंकलले भनेको भरमा सरस्वती क्याम्पस ठमेलमा कमर्समा भर्ना भए। अहिले उनीहरुलाई लाग्छ- विज्ञान पढेको भए राम्रो हुनेरहेछ।
त्यतिबेला टंगालमा बस्थे उनीहरू। भुइँतलामा बसेको हुनाले घरबेटीले ट्यांकीमा पानी चढाउने जिम्मा उनीहरूलाई दिए। कहिले मेसिन बन्द गर्न बिर्सेर पानी खेर जाने, कहिले ट्यांकीमा पानी आधा हुँदै मेसिन बन्द गरिदिने। यहाँ पनि घरबेटीको गाली खानुपर्‍यो।
'सधै पानी तान्ने ठेक्का दिक्क लाग्यो,' रामले भने, 'अनि पानी सकिएपछि तान्ने र भरिएपछि बन्द हुने उपाय खोज्न थाल्यौं।'
उनीहरूले ट्यांकीमा पानी भरिएपछि मेसिन आफैं बन्द हुने प्रविधि विकास गरे। यसले अर्काे समस्या ल्याइदियो- पानी सकिएपछि के गर्ने त? पानी कहिले सकिन्छ भनेर हेरिरहनुपर्ने भयो। पानी सकिएपछि मेसिन आफैं 'अन' हुने प्रविधि पनि विकास गर्नुपर्‍यो! दाजुभाइले यसको पनि विकास गरे। माथि ट्यांकीमा पानी सकिएपछि आफंै मेसिन चल्ने र भरिएपछि आफैं बन्द हुने। मेसिनको नाम राखे- राम लक्ष्मण पानी तान्ने/बन्द गर्ने मेसिन। उनीहरु सबै कामको प्रयोग भाडा घरमै गर्थे।
आफ्नो घरमा पानी तान्न सजिलो भएपछि घरबेटीले बजारमा लगेर बेच्न सल्लाह दिए। व्यवस्थापन पढेकाले अलि अलि मार्केटिङको आइडिया थियो। घरघरमा यस्तो प्रविधि बेच्दै हिँडे। उनीहरुले पानी तान्ने मेसिनलाई ८ सय ८८ रुपैयाँमा बिक्री गरे।
...
सन् २००६/०७ तिर माओवादी सशस्त्र युद्ध चरमोत्कर्षमा थियो। सबैभन्दा सुरक्षा चुनौती काठमाडौंमा थियो। कसको घरमा को आउने, को जाने पत्तै नहुने। 'पानी तान्ने पम्प फिटिङ गर्न जाँदा,' लक्ष्मणले भने, 'उनीहरू सुरक्षासम्बन्धी उपकरण बनाउन सल्लाह दिन्थे।'
सरस्वती क्याम्पसमा आइकम सकिएपछि मीनभवनमा बिबिएस पढ्न थाले। खर्च बढ्न थाल्यो। अब पम्पमात्रै बेचेर खान पुग्दैन, अर्काे केही प्रविधि विकास गर्नुपर्छ भनेर घरमै इलेक्ट्रिकल इन्जिनियरिङका किताब पढ्न थाले। 'कति रात त छलफलमै बित्यो,' रामले भने, 'बिइको अनौपचारिक पढाइ घरमै सकायौं।'
उनीहरूले आफैं बसेको घरमा ढोका खोल्नेबित्तिकै घन्टी बज्ने व्यवस्था गरे। यसले समस्या ल्याइदियो। जो भित्र पस्यो, घन्टी बज्ने! घरबेटी ढोकामा हेर्न बाध्य हुन्थे। को चोर, को सज्जन! अनि उनीहरूले चोर चिनेर मात्रै घन्टी बज्ने प्रविधि विकास गरे।
खोलामा बाढी आउँदै छ भनेर अग्रिम जानकारी दिने यन्त्र पनि बनाए। तर, मूल्य र मार्केटिङको हिसाबले महँगो पर्ने भएकाले प्रभावकारी हुन नसकेको रामलक्ष्मणले बताए।
२००४ मा उनीहरूले नास्टमा अटो मकै छर्ने प्रविधि देखाए। मेसिन राखेपछि निश्चित दुरीमा आफैं मकै खस्थ्यो। छर्ने मानिस नचाहिने। मान्छेलाई बुझाउन र यसको लागत खर्च नै धेरै भएपछि किसानले किन्न नसकने अड्कल गरेर यो प्रविधिलाई अघि बढाएनन्।
उनीहरूले गोबरबाट बिजुली निकाल्ने, कोठा, हावा छान्ने प्रविधि विकास गरे। नेपाललाई लोडसेडिङमुक्त बनाउन सकिने प्रविधि समेत विकास गरेको उनीहरुको दाबी छ। 'हामीले मात्रै गरेर नहुने,' रामले भने, 'सरकारी साथ नपाउँदा धेरै आविस्कार खेर गए।'

के हो सुरक्षा साइरन?
यो समाजमा चोरी, अपहरण, लुटपाट आगजनी तथा दुर्घटनाको सूचना दिने एउटा यन्त्र हो। यसबाट मोबाइल वा टेलिफोनमा आफ्नो सुरक्षा कोड डायल गरेमा सुरक्षा निकाय वा छिमेकीलाई एकैचोटी जानकारी दिई तत्कालै सहयोग पाउन सकिन्छ।
यसका लागि टोलमा सबैले सुन्ने ठाउँमा साइरन राखिन्छ। कुनै घरमा आपत पर्‍यो भने उत्तर घरले सुरक्षा कोड एकचोटी डायल गरी छिमेकलाई बोलाउन सक्छ। पहिलोचोटी डायल गरेको ५ मिनेटभित्र पुनः डायल गरे प्रहरी कन्ट्रोल रुममा सूचना पुग्छ र सुरक्षाकर्मी उक्त ठाउँमा आइपुग्छन्।
यो घरमा आपत पर्‍यो, सहयोग गर्नुहोला भनेर आपत गरेको घर र घरधनीको नामसहित सदस्यहरूमा एसएमएस पनि जान्छ।

News Latest News
2068-11-16

Its better to use nepali product..........

मलाई त मेड इन नेपाल नै मन पर्छ..................... View Details
2068-11-16

सेक्युरीटी मा प्रबीधी को प्रयोग

View Details
2011-11-25

Rising Nepal news

Community Rescue siren system ........... View Details

naya patrika

युवा वैज्ञानिक राम-लक्ष्मणले आविष्कार गरेका नयाँ-नयाँ प्रविधिबाट समाज-सुधारका काम हुन थालेपछि काठमाडौंमा उनीहरूले के गरिरहेका छन् भन्नेबारे चासो बढेको छ । यहाँ छ, दाजुभाइको प्रविधि-आविष्कारबारे तयार पारिएको 'जुम्ल्याहा कथा'- View Details
25-9-2011

Siren system installed

View Details
More News
News What People Say

Daya Nidhi Gyawali

कम्युनिटि साइरन जुन यो लैनचौर एरियामा राखिएको छ । जुन राख्नको लागी यहा“को स्थानिय बासिन्दा,बुद्धिजिवीहरु मिलेर यो कार्य गरिएको छ । जसबाट प्रहरी प्रशासनलाई पनि महत्वपूर्ण सहयोग गरेको छ । प्रहरी प्रशासनको अपराध नियन्त्रण र अपराधको रोकथाम गर्ने प्रहरीको एउटा महान् कार्यमा यसले टेवा पु¥याउने र सहयोग प¥याइरहेको मैले प्रत्यक्ष रुपमा अनुभव गरेको छु  View Details

Hari Prasad Sharma

यो साइरन राखे पछि समुदायलाई धेरै सुरक्षित भएको अनुभव भएको छ । समुदायमा रहेका सदस्यहरुलाई समुदायको सहयोग चाहिएको अवस्थामा यो प्रविधिको प्रयोग गर्छौ ।  View Details

RK marahattha

 यो साइरन जडान गरे पछि समाजमा घट्ने विकृतीहरु एकदम कम भएका छन् । एक किसिमले चोरहरुलाइ्र्र के भएको छ भने, यो एरियामा गएमा साइरन बज्छ भन्ने कुराको ज्ञान भैसकेको छ उनिहरु बिच मानसिक त्रास फैलिएको छ । यो प्रविधिको प्रमुख आसय भनेको विकृती गर्न खोज्ने मान्छेहरुलाई भगाउनु हो ।  View Details

Kamal Swar

यो साइरन जडान गर्नु भन्दा पहिला यहा“ विभिन्न किसिमका घटनाहरु जस्तैः चोरी, लुट लगाएत दैवि प्रकोपका घटनाहरु जसलाई प¥यो त्यसले नै सामना गर्नु पर्ने थियो । तर जब यो साइरनको प्रयोग ग¥यौ त्यस पछिको समयमा मानविय घटनाहरुमा कमि आएको छ भने, दैवि प्रकोपका घटनाहरु सजिलै समाधान गर्न सकिएको छ ।  View Details

Durga Nath Sharma

देशमा भईरहेको शान्ती सुरक्षाको यस्तो कमजोर अवस्था अझै भनौ देशमा शान्ति सुरक्षा छदै छैन भनेपनि हुन्छ । जसले आएर जे गरेपनि हुन्छ । त्यसकारण सरकारले कम्युनिटिलाई सहयोग गरेर तपा“इहरुको जस्तो प्रविधि देशको प्रत्येक कम्युनिटिमा राखेमा अत्यन्त प्रभावकारी हुने देखिन्छ यो कुरा हाम्रो कम्युनिटिमा यो प्रविधि राखिसके पछि म पूर्ण विश्वासका साथ भन्न सक्छु ।- दुर्गा नाथ शर्मा:भु पु महाप्रबन्धक नेपाल टेलिभिजन  
View Details

More News