चोरी र लुटपाट रोक्न 'साइरन'

July 07 2011 चोरी र लुटपाट रोक्न 'साइरन'निर्मल घिमिरे, काठमाडौं, असार २६- चोरी र लुटपाटविरुद्ध सामूहिक रूपले लाग्न राजधानीका टोलहरूमा 'साइरन प्रविधि' विस्तार हुन थालेको छ। दिउँसै लुटपाट बढेका बेला यस्तो उपाय अपनाउँदा सुरक्षित महसुस गरेको टोलबासी सुनाउँछन्। 
सामाखुसी प्रयासनगरमा तीन महिनाअघि स्थानीय हर्ष बज्राचार्यलाई सुतिरहेका बेला एक समूहले सांघातिक आक्रमण गरी लुटपाट गरेपछि टोलवासीले यस्तो उपाय अपनाएका हुन्। साइरन जडान गरिएको साढे दुई महिनायता एउटा पनि चोरी वा लुटपाटको घटना नभएको टोलवासी सुनाउँछन्।

स्थानीयले उपभोक्ता समिति नै गठन गरी यो योजना अघि बढाएका हुन्। यसरी गठित 'नमूना उपभोक्ता समाज'का सदस्यले टोलमा जुनसुकै घरबाट आएको संकेतका आधारमा साइरन बज्नेबित्तिकै लुटेरालाई पक्राउ गरी प्रहरीमा बुझाउने नियम बसालेका छन्।

समाजमा सामाखुसी, गोगंबु-७ र धापासी -८ का १ सय ५० सदस्यका घर समेटिएका छन्। 'कुनै पनि सदस्यले साइरन बजाउनेबित्तिकै सबै उपभोक्ता अनिवार्य रूपले घटनास्थल पुग्नैपर्ने नियम राखेका छौं,' समितिका अध्यक्ष सूर्यनाथ कोइराला भन्छन्, 'दिन-रात नभनेर एकजुट भएपछि चोरी तथा लुटपाट गर्नेको मनोबलै रहँदैन।'

जडान गरिएको साइरन बजाउन प्रत्येक घरमा दुइटा टेलिफोन नम्बरलाई यो प्रविधिअन्तर्गत सेट गरिएको छ। त्यसरी दर्ता गरिएको जुनसुकै नम्बरबाट फोन गर्नेबित्तिकै साइरन बज्न थाल्छ। साइरन बज्नासाथ प्रत्येक सदस्यको मोबाइलमा एसएमएस पनि आउन सुरु हुन्छ। 

'यति भएपछि कसको घरमा समस्या परेको भन्ने सबैले थाहा पाउँछन्,' अध्यक्ष कोइरालाले भने, 'यसरी सदस्य बीच विस्तारित सूचनाका आधारमा तत्कालै भिड जुट्छ।' 'घरमा सधैं लोग्नेमान्छे हुन्छन् भन्ने छैन, केही परिहाले प्रहरीलाई फोन गर्दा पनि उठाउन वा आइपुग्न ढिला गरिदेलान्,' गृहिणी सुस्मिता ज्ञवाली भन्छिन्, 'यस्तो बेला सुरक्षाको यो व्यवस्थाले ढुक्क बनाएको छ।'

बाटो वारिपारि गरी ४-४ वटा साइरन जडान गर्न समितिले प्रत्येक घरधुरीबाट दुई हजार रुपैयाँ उठाएर कोष स्थापना गरेको छ। उठेको रकममध्ये साइरनका निम्ति १ लाख २५ हजार रुपैयाँ परेको र बाँकी पैसा अन्य विकास निर्माणमा लगाइने समितिले जनाएको छ। 

गोंगबु बसपार्कसँग टासिएकाले पनि चोरीका घटना भइरहने सो क्षेत्रमा अहिले चोरी र लुटपाटको चिन्ता हटेको स्थानीय श्रीकानत कोइराला बताउँछन्। यसरी जडान गरिएको साइरन कुनै सदस्यले दुरुपयोग पनि गर्न सक्ने सम्भावना हुन्छ। त्यस्तो अवस्थामा १५ सय रुपैयाँसम्म जरिवाना गर्ने नियम राखिएको छ।
News Latest News
2068-11-16

Its better to use nepali product..........

मलाई त मेड इन नेपाल नै मन पर्छ..................... View Details
2068-11-16

सेक्युरीटी मा प्रबीधी को प्रयोग

View Details
2011-11-25

Rising Nepal news

Community Rescue siren system ........... View Details

naya patrika

युवा वैज्ञानिक राम-लक्ष्मणले आविष्कार गरेका नयाँ-नयाँ प्रविधिबाट समाज-सुधारका काम हुन थालेपछि काठमाडौंमा उनीहरूले के गरिरहेका छन् भन्नेबारे चासो बढेको छ । यहाँ छ, दाजुभाइको प्रविधि-आविष्कारबारे तयार पारिएको 'जुम्ल्याहा कथा'- View Details
25-9-2011

Siren system installed

View Details
More News
News What People Say

Daya Nidhi Gyawali

कम्युनिटि साइरन जुन यो लैनचौर एरियामा राखिएको छ । जुन राख्नको लागी यहा“को स्थानिय बासिन्दा,बुद्धिजिवीहरु मिलेर यो कार्य गरिएको छ । जसबाट प्रहरी प्रशासनलाई पनि महत्वपूर्ण सहयोग गरेको छ । प्रहरी प्रशासनको अपराध नियन्त्रण र अपराधको रोकथाम गर्ने प्रहरीको एउटा महान् कार्यमा यसले टेवा पु¥याउने र सहयोग प¥याइरहेको मैले प्रत्यक्ष रुपमा अनुभव गरेको छु  View Details

Hari Prasad Sharma

यो साइरन राखे पछि समुदायलाई धेरै सुरक्षित भएको अनुभव भएको छ । समुदायमा रहेका सदस्यहरुलाई समुदायको सहयोग चाहिएको अवस्थामा यो प्रविधिको प्रयोग गर्छौ ।  View Details

RK marahattha

 यो साइरन जडान गरे पछि समाजमा घट्ने विकृतीहरु एकदम कम भएका छन् । एक किसिमले चोरहरुलाइ्र्र के भएको छ भने, यो एरियामा गएमा साइरन बज्छ भन्ने कुराको ज्ञान भैसकेको छ उनिहरु बिच मानसिक त्रास फैलिएको छ । यो प्रविधिको प्रमुख आसय भनेको विकृती गर्न खोज्ने मान्छेहरुलाई भगाउनु हो ।  View Details

Kamal Swar

यो साइरन जडान गर्नु भन्दा पहिला यहा“ विभिन्न किसिमका घटनाहरु जस्तैः चोरी, लुट लगाएत दैवि प्रकोपका घटनाहरु जसलाई प¥यो त्यसले नै सामना गर्नु पर्ने थियो । तर जब यो साइरनको प्रयोग ग¥यौ त्यस पछिको समयमा मानविय घटनाहरुमा कमि आएको छ भने, दैवि प्रकोपका घटनाहरु सजिलै समाधान गर्न सकिएको छ ।  View Details

Durga Nath Sharma

देशमा भईरहेको शान्ती सुरक्षाको यस्तो कमजोर अवस्था अझै भनौ देशमा शान्ति सुरक्षा छदै छैन भनेपनि हुन्छ । जसले आएर जे गरेपनि हुन्छ । त्यसकारण सरकारले कम्युनिटिलाई सहयोग गरेर तपा“इहरुको जस्तो प्रविधि देशको प्रत्येक कम्युनिटिमा राखेमा अत्यन्त प्रभावकारी हुने देखिन्छ यो कुरा हाम्रो कम्युनिटिमा यो प्रविधि राखिसके पछि म पूर्ण विश्वासका साथ भन्न सक्छु ।- दुर्गा नाथ शर्मा:भु पु महाप्रबन्धक नेपाल टेलिभिजन  
View Details

More News