Wire-cut protection siren

May 10 2011 Wire-cut protection siren

काठमाडौँ, भदौ ३० गते । प्रविधिको कमाल भनेको यस्तै हो । ललितपुरको लुभुस्थित ज्यागाठा क्षेत्रमा टेलिफोनको तार चोरी हुन थालेपछि नेपाल दूरसञ्चार प्राधिकरणले जडान गरेकेा 'तार चोरी नियन्त्रण प्रविधिले' सो क्षेत्रमा कमाल नै गरिदिएको छ ।

"लुभूको ग्रामीण क्षेत्रमा तार चोरीको समस्या निकै थियो तर एक हप्ताअघि सो क्षेत्रमा स्वचालित साइरन घण्टी जडान गरेपछि चोरीमा नियन्त्रण आएको छ," नेपाल टेलिकमका कर्मचारी पर्वतराज न्यौपानेले भन्नुभयो ।

टेक्नोलोजी सेल्स प्रालिले जडान गरेको यो स्वचालित साइरन घण्टीले टेलिफोनको तार काट्ने बित्तिकै टेलिकमका कर्मचारी र प्रहरीलाई फोन गरी 'तार चोरी भएको सूचना दिने' गरेका कारण तार चोरी नियन्त्रणमा सहयोग पुगेको प्रहरी बिट लुभुका प्रहरी अधिकारीले बताए ।

गत राति १२ बजे भएको तार चोरी घटनाको बारेमा स्मरण गराउँदै न्यौपानेले भन्नुभयो, "स्वयं प्रविधिले नै मेरो मोबाइल र प्रहरीको मोबाइलमा फोन गरी तारचोरी भएको सूचना दिएपछि कुद्दै जाँदा चोरहरू भागे । अलि छिटो पुगेको भए पक्राउ गर्न सकिन्थ्यो ।"

चोरहरू एउटा लाइन काट्न सफल भए पनि अन्य तार काट्न नपाएको र लिन पनि नपाएको प्रहरीले बताएको छ । पाँचजनाको समूहमा रहेका उनीहरूलाई स्थानीयवासीले लखेट्दा पनि नियन्त्रणमा लिन नसककेेा लुभुवासी ददिराम तामाङले बताउनुभयो ।

सेल्स प्रालिका सञ्चालक राम-लक्ष्मण रिमालका अनुसार, यो प्रविधिले तार छुने वा केही बस्तुले काट्ने बित्तिकै प्रविधिमा डबिङ्ग गरेका टेलिफोन नम्बरमा 'अटोमेटिक' फोन गरी दिने भएकाले चोरी नियन्त्रण गर्न सजिलो भएको हो । यस प्रविधिमा विभिन्न स्थानहरूको नामसमेत डबिङ्ग गर्न मिल्ने भएकाले तार चोरी हुने बित्तिकै प्रविधिले स्थानसमेत उल्लेख गरिदिने गरेको रिमाल दाजुभाइ बताउँछन् ।

यस प्रविधिको मिटरबक्स कुनै निश्चित ठाँउमा वा प्वाइन्ट राखेर त्यसमा तार चोरी भयो, सहयोग गर्नुहोस् जस्ता आवाजहरू रेकर्ड गराएर, ठाँउठाँउमा साइरन घण्टीका साथै एक दर्जन फोनहरू राख्न मिल्ने रिमाल

दाजुभाइले बताउनुभयो ।

बत्ती नभएको समयमा पनि सजिलैसँग काम गर्न सक्ने यस प्रविधिका लागि तार रहित र तार जडित फोन दुईवटै प्रयोग गर्न सकिन्छ । एकहप्ता अघि स्थानीयवासी र टेलिकमको सहयोगमा पहिलो पटक जडान गरेको यो प्रविधि यतिखेर लुभुका स्थानीयवासीका निकै कमाल बन्दै गएको छ ।

तार चोरीका कारण दिक्क भएर फोनको लाइनसमेत जोड्न नआउने लुभुवासी हिजोआज साइरन घण्टी बज्ने बित्तिकै तार चोरी भयो भन्दै हतारहतार गर्दै त्यहाँस्थित टेलिकमको कार्यालय र प्रहरी कार्यालयमा पुग्ने गर्छन् । सरोकारवाला पक्षहरू पनि चोरीको सूचना पाउन फोनको स्वीच अफ नगरी सुत्छन् ।

News Latest News
2068-11-16

Its better to use nepali product..........

मलाई त मेड इन नेपाल नै मन पर्छ..................... View Details
2068-11-16

सेक्युरीटी मा प्रबीधी को प्रयोग

View Details
2011-11-25

Rising Nepal news

Community Rescue siren system ........... View Details

naya patrika

युवा वैज्ञानिक राम-लक्ष्मणले आविष्कार गरेका नयाँ-नयाँ प्रविधिबाट समाज-सुधारका काम हुन थालेपछि काठमाडौंमा उनीहरूले के गरिरहेका छन् भन्नेबारे चासो बढेको छ । यहाँ छ, दाजुभाइको प्रविधि-आविष्कारबारे तयार पारिएको 'जुम्ल्याहा कथा'- View Details
25-9-2011

Siren system installed

View Details
More News
News What People Say

Daya Nidhi Gyawali

कम्युनिटि साइरन जुन यो लैनचौर एरियामा राखिएको छ । जुन राख्नको लागी यहा“को स्थानिय बासिन्दा,बुद्धिजिवीहरु मिलेर यो कार्य गरिएको छ । जसबाट प्रहरी प्रशासनलाई पनि महत्वपूर्ण सहयोग गरेको छ । प्रहरी प्रशासनको अपराध नियन्त्रण र अपराधको रोकथाम गर्ने प्रहरीको एउटा महान् कार्यमा यसले टेवा पु¥याउने र सहयोग प¥याइरहेको मैले प्रत्यक्ष रुपमा अनुभव गरेको छु  View Details

Hari Prasad Sharma

यो साइरन राखे पछि समुदायलाई धेरै सुरक्षित भएको अनुभव भएको छ । समुदायमा रहेका सदस्यहरुलाई समुदायको सहयोग चाहिएको अवस्थामा यो प्रविधिको प्रयोग गर्छौ ।  View Details

RK marahattha

 यो साइरन जडान गरे पछि समाजमा घट्ने विकृतीहरु एकदम कम भएका छन् । एक किसिमले चोरहरुलाइ्र्र के भएको छ भने, यो एरियामा गएमा साइरन बज्छ भन्ने कुराको ज्ञान भैसकेको छ उनिहरु बिच मानसिक त्रास फैलिएको छ । यो प्रविधिको प्रमुख आसय भनेको विकृती गर्न खोज्ने मान्छेहरुलाई भगाउनु हो ।  View Details

Kamal Swar

यो साइरन जडान गर्नु भन्दा पहिला यहा“ विभिन्न किसिमका घटनाहरु जस्तैः चोरी, लुट लगाएत दैवि प्रकोपका घटनाहरु जसलाई प¥यो त्यसले नै सामना गर्नु पर्ने थियो । तर जब यो साइरनको प्रयोग ग¥यौ त्यस पछिको समयमा मानविय घटनाहरुमा कमि आएको छ भने, दैवि प्रकोपका घटनाहरु सजिलै समाधान गर्न सकिएको छ ।  View Details

Durga Nath Sharma

देशमा भईरहेको शान्ती सुरक्षाको यस्तो कमजोर अवस्था अझै भनौ देशमा शान्ति सुरक्षा छदै छैन भनेपनि हुन्छ । जसले आएर जे गरेपनि हुन्छ । त्यसकारण सरकारले कम्युनिटिलाई सहयोग गरेर तपा“इहरुको जस्तो प्रविधि देशको प्रत्येक कम्युनिटिमा राखेमा अत्यन्त प्रभावकारी हुने देखिन्छ यो कुरा हाम्रो कम्युनिटिमा यो प्रविधि राखिसके पछि म पूर्ण विश्वासका साथ भन्न सक्छु ।- दुर्गा नाथ शर्मा:भु पु महाप्रबन्धक नेपाल टेलिभिजन  
View Details

More News