चोरी र लुटपाट रोक्न ‘साइरन’
निर्मल घिमिरे, काठमाडौं, असार २६– चोरी र लुटपाटविरुद्ध सामूहिक रूपले लाग्न राजधानीका टोलहरूमा ‘साइरन प्रविधि’ विस्तार हुन थालेको छ। दिउँसै लुटपाट बढेका बेला यस्तो उपाय अपनाउँदा सुरक्षित महसुस गरेको टोलबासी सुनाउँछन्। सामाखुसी प्रयासनगरमा तीन महिनाअघि स्थानीय हर्ष बज्राचार्यलाई सुतिरहेका बेला एक समूहले सांघातिक आक्रमण गरी लुटपाट गरेपछि टोलवासीले यस्तो उपाय अपनाएका हुन्। साइरन जडान गरिएको साढे दुई महिनायता एउटा पनि चोरी वा लुटपाटको घटना नभएको टोलवासी सुनाउँछन्।